एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाको लगातार पाँचौं जित - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाको लगातार पाँचौं जित

कातिक १८, माङसेबुङ । भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले लगातार पाँचौं जित निकालेको छ ।

शनिबार अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा साबिक विजेता इङ्ल्यान्डलाई ३३ रनले हराउँदै अस्ट्रेलियाले लगातार पाँचौं जित निकालेको हो ।

अस्ट्रेलियाले प्रस्तुत गरेको २ सय ८७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ४८.१ ओभरमा २ सय ५३ रनमा अलआउट भयो ।

इङ्ल्यान्डका लागि बेन स्टोक्सले ९० बलमा तीन चौका र दुई छक्काको मद्दतले सर्वाधिक ६४ रनको योगदान गरे । यसैगरी डेविड मलानले ५० रन, मोइन अलीले ४२ रन, क्रिस वोक्सले ३२ रन, आदिल राशिदले २० रन, डेविड विलीले १५ रन र जो रुटले १३ रन बनाए ।

अस्ट्रेलियाका लागि एडम जाम्पाले तीन, प्याट कमिन्स, मिचेल स्टार्च र जोश हेजलउडले समान दुई तथा मार्कुस र्स्टोइनिसले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ८६ रन बनाएको थियो ।

अस्ट्रेलियाको जितमा मार्नुस लाबुसेनले ८३ बलमा सात चौकाको मद्दतले सर्वाधिक ७१ रनको योगदान गरे । यसैगरी क्यामरुन ग्रिनले ४७ रन, स्टिभ स्मिथले ४४ रन, मार्कुस स्टोइनिसले ३५ रन, एडम जाम्पाले २९ रन, डेविड वार्नरले १५ रन, ट्राविस हेडले ११ रन, मिचेल स्टार्च र कप्तान प्याट कमिन्सले समान १० रन बनाए ।

इङ्ल्यान्डका लागि क्रिस वोक्सले चार, मार्क उड र आदिल राशिदले समान दुई तथा डेविड विली र लियम लिभिङ्गस्टोनले समान एक विकेट लिए ।

जितसँगै सात खेलमा १० अंक जोडेको अस्ट्रेलियाले सेमिफाइनल सम्भावनालाई बलियो बनाएको छ । छैटौं हार व्यहोरेको इङ्ल्यान्ड दुई अंकका साथ पुछारमा छ ।

सम्बन्धित खवर