झापाकै पहिलो मिडिया कप फुटसलको तयारी अन्तिम चरणमा - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाकै पहिलो मिडिया कप फुटसलको तयारी अन्तिम चरणमा

कातिक २२, दमक । झापोको दमकमा हुने मिडिया कप फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

पत्रकार मञ्च दमक झापाको आयोजनामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो ।

बुधबार दमकमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको बारेमा जानकारी दिदैं कार्यक्रम संयोजक विष्णु पोखरेलले झापाकै पहिलो मिडिया फुटसल प्रतियोगिताको ९० प्रतिशत तयारी पुरा भएको बताए ।

‘सञ्चारकर्मीहरुबीच आपसी भाइचारा वृद्धिका लागि प्रतियोगिता आयोजना गगरिएको हो’ मञ्चका अध्यक्ष कमन देवान भने, ‘यसलाई सफल बनाउन सबै क्षेत्रबाट सहयोगको अपेक्षा गर्दछौ ।’

कार्यक्रममा झापामा रहेका विभिन्न पत्रकार सम्वद्द संस्था, मिडिया हाउस र इलामको माङसेबुङबाट विभिन्न मिडिया गरी ८ वटा टिमको सहभागिता रहने प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ ।

जसमा आयोजक पत्रकार मन्च दमक, पाथीभरा एफ.एम, हरप्रहर न्यूज, एन एस जेएफ झापा, प्रेस चौतारी, पूर्वान्चल दैनिक, सताक्षी प्रेस क्लब र माड्ंसेबुड्ं प्रव्लिेकेशन रहेका छन् ।

दमक ५, गोर्खाली टोल स्थित विस्ट् फुटसलको कोर्टमा कातिक २३ गते हुन प्रतियोगिताको विजेताले नगद १५ हजार १५ सहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले नगद १० हजार १० सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

झापा मोडल इङ्लिस स्कुल दमक ८ ले पहिलो पुरस्कार प्रायोजन गरेको छ भने दोस्रो पुरस्कार दमक ६ मा रहेको यावा मार्टले गरेको छ । उत्कृष्ट खेलाडी, गोल किपर र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कृत गरिने बताइएको छ ।

सम्बन्धित खवर