आईसीसी एकदिवसीय विश्वकपको उपाधि अष्ट्रेलियालाई - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईसीसी एकदिवसीय विश्वकपको उपाधि अष्ट्रेलियालाई

मंसिर ३, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप २०२३ को उपाधि अष्ट्रेलियाले जितेको छ ।

आईतबार घरेलु टोली भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले छैटौं पटक एकदिवसीय विश्वकपको उपाधि जितेको हो ।

ट्रेभिस हेडको शानदार शतकमा अष्ट्रेलियाले भारतलाई सहजै हराएको हो । हेडले १ सय ३५ रनको शानदार शतक बनाए ।

अहमदाबादमा भएको फाइनल खेलमा अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा १० विकेट गुमाएर २ सय ४० रन बनाएको थियो ।

भारतका लागि केएल राहुल ६६ रन र विराट कोहलीले ५४ रन बनाएका थिए ।

यस्तै कप्तान रोहित शर्माले ४७ रन, सुर्यकुमार यादवले १८ रन, कुलदीप यादवले १० रन, सुभमन गिल र श्रेयश अय्यरले समान ४ रन, रविन्द्र जडेजाले ९ रन, मोहमद सामीले ६ रन र जसप्रीत बुम्राहाले १ रन बनाएका थिए । मोहमद सिराज ९ रनमा अविजित रहे ।

अष्ट्रेलियाकाे जितमा मिचेल स्टार्सले ३ तथा जोस हेजलउड र प्याट कमिन्सले समान २ विकेट झारे । ग्लेन म्याक्सवेल र एडम जम्पाले समान एक एक विकेट लिए ।

सम्बन्धित खवर