बिश्वकप छनोटमा आज नेपाल यमनसँग भिड्दै - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिश्वकप छनोटमा आज नेपाल यमनसँग भिड्दै

मंसिर ५, काठमाडौं । नेपालले आज मंगलबार विश्वकप फुटबलको एसियन छनोटमा यमनसँग प्रतिस्पर्धा गर्दैछ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुने खेलमा नेपालले यमनसँग दोस्रो चरणको पहिलो लेगको खेल लागेको हो ।

नेपालले दोस्रो चरणको यूएईविरुद्धको पहिलो लेगमा ४–० को हार ब्यहोरेको थियो । यूएईको घरेलु मैदानमा हार ब्यहोरेर घर फर्किएको नेपालले यमनविरुद्ध दशरथ रंगशालामा भिड्न लागेको हो ।

फिफा वरियताको १ सय ५६ औं स्थानमा रहेको यमनविरुद्ध नेपाल घरेलु मैदानमा अंक जोड्ने प्रयासमा हुनेछ । नेपाल फिफा वरियतामा १ सय ७३ औं स्थानमा छ ।

प्रि–म्याच कन्फरेन्समा प्रशिक्षक भिसेन्जो अल्बर्टो एनिसले यमनसँग खेल्दै गर्दा अंक जोड्ने नेपालको प्रयास हुने बताएका थिए ।

दशरथ रंगशालामा उत्रदै गर्दा नेपालको समस्या खेलाडीको चोटमा देखिन्छ । लाकेन लिम्बुले चोटका कारण यमनविरुद्धको खेल गुमाउने पक्का भएको छ । प्रशिक्षक एनिसले यमनविरुद्ध पूर्ण रुपमा फिट देखिएका खेलाडीलाई मात्र मौका दिने बताएका छन् ।

कप्तान किरणकुमार लिम्बुले घरेलु मैदानमा खेल्न हरेक खेलाडी उत्साहीत हुने गरेको तर्क गर्दै यमनविरुद्ध जितका लागि मैदान उत्रने बताए ।

दर्शकको सहजताका लागि खेल साँझ ७ बजे खेल राखेको छ । टिकट एन्फा आफैले रंगशालाबाट बेच्नेछ । टिकटको मुल्य ४ सय र १ हजार छ ।

यसैबीच नेपाल र यमनको खेल हेरिसकेपछि घरसम्म पुग्न दर्शकलाई सहज होस् भनेर निःशुल्क बसको व्यवस्था गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले विभिन्न रुटमा १५ वटा बसको व्यवस्था गरिएको जनाएको छ । बस सेवाका लागि दर्शकहरुले टिकटको अर्धकट्टी देखाउनुपर्ने छ ।

सम्बन्धित खवर