विश्वकप एसियन छनोटमा नेपाल यमनसँग पराजित - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप एसियन छनोटमा नेपाल यमनसँग पराजित

मंसिर ५, काठमाडौं । विश्वकप फुटबलको एसियन छनोटमा नेपाल यमनसँग पराजित भएको छ ।

मंगलबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–० गोल अन्तरले पराजित भएको हो ।

जितसँगै समूह ‘एच’ को यमनले दुई खेलमा ३ अंक जोडेको छ । दुवै खेलमा पराजित नेपाल अंकविहिन छ । पहिलो खेलमा नेपाल युएईसँग ४–० तथा यमन बहराइनसँग २–० ले पराजित भएका थिए ।

यमनको जितमा ओमार अब्दुल्ला अल दही र मोहम्मद अब्दुल्ला अल दहीले एक एक गोल गरे ।

पहिलो हाफमा यमनलाई बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा दुई गोल ब्यहोर्यो ।

सम्बन्धित खवर