नेपाल सुपर लिग : काठमाडौं रेजर्सको विजयी सुरुवात - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल सुपर लिग : काठमाडौं रेजर्सको विजयी सुरुवात

मंसिर ८, काठमाडौं । नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करणमा साबिक विजेता काठमाडौं रेजर्सले विजयी सुरुवात गरेको छ ।

शुक्रबार दशरथ रंगशालामा भएको खेलमा नवप्रवेशी स्पोर्टिङ इलामलाई १–० गोल अन्तरले हराउँदै काठमाडौंले विजयी सुरुवात गरेको हो ।

काठमाडौंको जितमा राजीव लोप्चनले खेलको ५१ औं मिनेटमा निर्णायक गोल गरेका थिए । दोस्रो हाफमा बेन्चबाट मैदान छिर्दैै राजीवले विजयी गोल गरेका हुन् ।

जित सहित काठमाडौंले तालिकमा तीन अंक जोडेको छ । नव प्रवेशी स्पोर्टिङ इलामले हारबाट एनएसएलको यात्रा सुरु गरेको छ ।

प्रतियोगिताको दोस्रो दिन भोलि शनिबार ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी तथा पोखरा थन्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित खवर