आत्मानन्द कप : तिजोक पाँचथर अन्तिम चारमा - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द कप : तिजोक पाँचथर अन्तिम चारमा

  • आन्छुमे नसान

मंसिर ९, माङसेबुङ । माङसेबुङमा जरि १६ औं संस्करणको आत्मानन्द कप २०८० अन्तरष्ट्रिय फुटबल प्रतियोगितामा तिजोक युवाक्लब पाँचथर सेमिफाईनलमा प्रवेश गरेको छ ।

इलामको माङसेबुङ गाउँपालिका ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा आज(शनिबार) भएको खेलमा धनकुटा जिल्ला फुटबल संघ धनकुटामाथि २–१ गोल अन्तरले जित निकाल्दै तिजोक पाँचथर सेमिफाईनलमा प्रवेश गरेको हो ।

तिजोक पाँचथरको जितमा दुबै गोल निर्देश राईले गरे । यता धनकुटाका लागि भने बुद्ध चेम्जोङले एक गोल फर्काए ।

खेलको पहिलो हाफकोे ८ औं मिनेटमा धनकुुटाका बुद्ध चेम्जोङले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको २१ औं मिनेटमा पाँचथरका निर्देश राईले गोल गर्दै बराबरीमा फर्काए । त्यसपछि खेलको दोस्रो हाफको १७ औं मिनेटमा पुनः पाँचथरका राईले व्यक्तिगत दोस्रो गोल गर्दे जित दिलाए ।

ए डिभिजन लिग खेलिसकेका नेपाली फुटबलमा ख्याती कमाएका बुद्ध चेम्जोङको कप्तानीमा उत्रेको धनकुटाले सुरुवाती समयमा आक्रामक खेलेका थिए । तर पछि खेलाडी बिचको तालमेल नमिल्दा थुप्रै अवसरहरु प्राप्त गरे पनि गोल गर्नबाट चुक्दा हार भने टार्न सकेन ।

खेलको म्यान अफ दी म्याच विजेता टिम पाँचथरका निर्देश राई घोषित भए । उनले नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत भोलि(सोमबार) छथर गाउँपालिका तेह्रथुम र सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङबीच प्रतिष्पर्धा हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुम सचिव सरिता राईले बताइन ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना महान सेवा समारोह खेलकुद कार्यक्रम अन्तर्गत सञ्चालन भईरहेको आत्मानन्द कपको फाईनल खेल मंसिर १७ गते हुनेछ ।

प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने समेत आयोजक समितिका अध्यक्ष आङबुहाङले जानकारी दिएका छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।

जन्मोत्सवको अवसरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत सञ्चालन हुनेछ । पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत सञ्चालन हुने खेलकुद विभाग संयोजक आत्मा पवित्र हक्चात यक्चुम अध्यक्ष मनकुमार आङबुहाङले बताएका छन् ।

आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्युहरुको नुमाङगेन्ना महान सेवा समारोहको अवसरमा हरेक वर्ष मंसिरमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

सम्बन्धित खवर