नेपाल सुपर लिग : धनगढी एफसीको शानदार जित - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल सुपर लिग : धनगढी एफसीको शानदार जित

मंसिर १०, काठमाडौं । धनगढी एफसीले नेपाल सुपर लिग एनएसएलमा शानदार जित निकालेको छ ।

आईतबार दशरथ रंगशालामा भएको खेलमा विरगञ्ज युनाईटेड एफसीलाई २–१ गोल अन्तरले हराउँदै धनगढीले जित निकालेको हो ।

खेलको दोस्रो मिनेटमा फोडे फोफानाको गोलमा धनगढीले खेलमा अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै बिरगञ्ज खेलमा फर्किएको थियो ।

बराबरीतर्फ उन्मुख खेलको अन्तिम मिनेटमा अहमद हिजाजीले गोल गर्दै धनगढीले जित शुनिश्चित गरेको थियो ।

साविक उपविजेता धनगढीले जित सँगै दोस्रो सिजनको सुरुवात गरेको छ । जित सँगै धनगढीले तालिकामा ३ अंक जोेडेको छ ।

एनएसएलको नवप्रवेशी टिम विरगञ्जले भने हार सँगै सिजनको सुरुवात गरेको छ ।

सम्बन्धित खवर