नेपाल सुपर लिग : पूर्वेली डर्बीमा इलामले बाजी मा¥यो - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल सुपर लिग : पूर्वेली डर्बीमा इलामले बाजी मा¥यो

मंसिर ११, काठमाडौं । स्पोर्टिङ इलामले नेपाल सुपर लिग एनएसएलमा पहिलो जित निकालेको छ ।

सोमबार दशरथ रंगशालामा भएको पूर्वेली डर्बीमा झापा एफसीलाई १–० गोल अन्तरले हराउँदै इलामले जित निकालेको हो ।

रोमाञ्चक खेलमा इलामको जितमा अमथ एन्डोले खेल सकिन तीन मिनेट अघि विजयी गोल गरे ।

अमथले डिबक्सभित्रबाट प्रहार गरेको बल झापाका गोलकिपर स्टिफनले रोकेका थिए । सोही रिबाउन्ड बलमा अमथले गोल गर्दै इलामलाई जित दिलाएका हुन् । यस अघि खेलको ८४ औं मिनेटमा प्राप्त पेनाल्टीमा अमथ गोल गर्न चुकेका थिए ।

जित सँगै इलामले दुई खेलबाट ३ अंक जोडेको छ । एनएसएलको निकै बलियो मानिएको झापाले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

सम्बन्धित खवर