आत्मानन्द कप : आज पहिलो सेमिफाईनलमा माङसेबुङ र सिरिजंगा मोरङ भिड्दै - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द कप : आज पहिलो सेमिफाईनलमा माङसेबुङ र सिरिजंगा मोरङ भिड्दै

  • आन्छुमे नसान

मंसिर १२, माङसेबुङ । आज(मंगलबार) आत्मानन्द कपको पहिलो सेमिफाईनलमा माङसेबुङ गाउँपालिका इलाम र सिरिजंगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङबीच प्रतिष्पर्धा हुदैंछ ।

माङसेबुङ र सिरिजंगा मोरङबीचको पहिलो सेमिफाईनल खेल माङसेबुङ गाउँपालिका ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दिउँसो साढे दूई बजे हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुम सचिव सरिता राईले बताइन ।

इलामको माङसेबुङमा जरि १६ औं संस्करणको आत्मानन्द कप २०८० अन्तरष्ट्रिय फुटबल प्रतियोगिताको फाईनल खेल भने मंसिर १७ गते हुने खेलकुद कार्यक्रमका संयोजक तथा आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिएका छन् ।

यस अघि माङसेबुङले पाहुना टोली बिवाईसी भुटानलाई पराजित गर्दै सेमिफाईनल पुगेको हो भने सिरिजंगा मोरङले छथर गाउँपालिका तेह्रथुमलाई हराउँदै माङसेबुङसँग भेट पक्का गरेको हो ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना महान सेवा समारोह खेलकुद कार्यक्रम अन्तर्गत आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा सञ्चालन भईरहेको आत्मानन्द कपको विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

 

सम्बन्धित खवर