आत्मानन्द कप : आज दोस्रो सेमिफाईनलमा तिजोक पान्थर र दार्जिलिङ भारत भिड्दै - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द कप : आज दोस्रो सेमिफाईनलमा तिजोक पान्थर र दार्जिलिङ भारत भिड्दै

  • आन्छुमे नसान

मंसिर १३, माङसेबुङ । आत्मानन्द कपको दोस्रो सेमिफाईनलमा तिजोक युवा क्लव पान्थर र एमएफसी दार्जिलिङ भारतबीच प्रतिष्पर्धा हुदैंछ ।

तिजोक पान्थर र दार्जिलिङ भारतबीचको दोस्रो सेमिफाईनल खेल प्रस्तावित आत्मानन्द रंगशालामा आज(मंगलबार) दिउँसो साढे दूई बजे हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुम सचिव सरिता राईले बताइन ।

यस अघि हिजो भएको पहिलो सेमिफाईनल खेलमा सिरिजंगा स्पोर्टिङ क्लव पथरी शनिश्चरे मोरङलाई २–१ गोल अन्तरले पराजित गर्दै माङसेबुङ गाउँपालिकाले फाईनलको यात्रा तय गरेको छ ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना महान सेवा समारोह खेलकुद कार्यक्रम अन्तर्गत आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा इलामको माङसेबुङमा सञ्चालन भईरहेको १६ औं संस्करणको आत्मानन्द कप २०८० अन्तरष्ट्रिय फुटबल प्रतियोगिताको विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

फाईनल खेल भने मंसिर १७ गते हुने खेलकुद कार्यक्रमका संयोजक तथा आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिएका छन् ।

सम्बन्धित खवर