आत्मानन्द कप भलिबल प्रतियोगिताको खेल तालिका सार्वजजिक - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द कप भलिबल प्रतियोगिताको खेल तालिका सार्वजजिक

  • आन्छुमे नसान

मंसिर १३, माङसेबुङ । आत्मानन्द कप २०८० भलिबल प्रतियोगिताको खेल तालिका सार्वजजिक गरिएको छ ।

बुधबार माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा आत्मा पवित्र हक्चात यक्चुमद्धारा आयोजित पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक गरिएको हो ।

सार्वजनिक खेल तालिका अनुसार भोलि(बिहिबार) हुने उद्घाटन खेल माङसेबुङ गाउँपालिका इलाम र बेल्डाँगी भलिबल क्लव झापाबीच हुनेछ ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना महान सेवा समारोहको अवसरमा आत्मानन्द कप अन्तरगत यस बर्ष भलबल प्रतियोगिताको समेत आयोना गरिएको खेलकुद कार्यक्रमका संयोजक तथा आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

भोलि मंसिर १४ देखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको हक्चात यक्चुमका अध्यक्ष आङबुहाङले बताएका छन् । प्रतियोगितामा माङसेबुङ गाउँपालिका इलाम, बेल्डाँगी भलिबल क्लव झापा, त्रिबेनी युवा क्लव पान्थर, सिमाना युवा क्लव मोरङ, बारदशी गाउँपालिका झापा, मिक्लाजुङ गाउँपालिका पान्थर, फुङनाम स्पोर्टस् क्लव इलाम र भद्रपुर नगरपालिका झापाको सहभागिता रहेको छ ।

आत्मानन्द खेलमैदानमा हुने प्रतियोगिताको बिजेता टिमले ट्रफीसहित नगद ७० हजार १ सय ७०, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद ३५ हजार १ सय ७०, मेडल र प्रमाणपत्र पाउने छन् ।

भलिबल संघ प्रदेश १ को प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा माङसेबुङ गाउँपालिकाको कार्यलयको खेलकुद बिकास एवम् प्रवद्र्धन र गुरु निजी आश्रम निजी सचिवालयको बिशेष सहयोग रहेको छ ।

सम्बन्धित खवर