- आन्छुमे नसान
मंसिर १५, माङसेबुङ । माङसेबुङमा जारी आत्मानन्द कप भलिबल प्रतियोगिताको उपाधिका लागि केपीसी बिराटनगर मोरङ र भद्रपुर नगरपालिका झापा भिड्ने भएका छन् ।
शुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा बह्रदशी गाउँपालिका झापालाई ३–१ को सेटमा हराउँदै केपीसी बिराटनगर मोरङले फाईनलको यात्रा तय गरेको हो ।
माङसेबुङ ५ स्थित आत्मानन्द खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा पहिलो सेट २६–२४ ले जित्दै अग्रता लिएको बिराटनगरले दोस्रो सेटमा २५–२३ ले जित निकाल्दै अग्रता दोब्बर बनायो । तेस्रो सेट भने २५–२३ ले गुमाउन पुग्यो ।
चौंथो सेट जितेर उपाधि नजिक पुग्ने दाउमा रहेको बिराटनगरले २५–१६ ले जित्दै उपाधि नजिक पुगेको हो ।
यसैगरि शुक्रबार नै भएको दोस्रो सेमिफाईनल खेलमा सिमाना युवा क्लव मोरलाई ३–० को सोझो सेटमा पराजित गर्दै भद्रपुर नगरपालिका झापा फाइनलमा प्रवेश गरेको हो ।
पहिलो सेट २५–१९ ले जित्दै अग्रता लिएको भद्रपुरले दोस्रो सेट २५–२० ले र तेस्रो सेट भने २५–१५ ले जित्दै उपाधि भिडन्तमा केपीसी बिराटनगरसँग भेट पक्का गरेको हो ।
प्रतियोगिताको बिजेता टिमले ट्रफीसहित नगद ७० हजार १ सय ७०, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद ३५ हजार १ सय ७०, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगिताको फाईनल खेल भोलि(शनिबार) हुनेछ ।
भलिबल संघ प्रदेश १ को प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा माङसेबुङ गाउँपालिकाको कार्यलयको खेलकुद बिकास एवम् प्रवद्र्धन र गुरु निजी आश्रम निजी सचिवालयको बिशेष सहयोग रहेको छ ।