आज उपाधिका लागि बिराटनगर र भद्रपुर भिड्दै - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज उपाधिका लागि बिराटनगर र भद्रपुर भिड्दै

मंसिर १६, माङसेबुङ । आत्मानन्द कप भलिबल प्रतियोगिताको उपाधिका लागि आज(शनिबार) केपीसी बिराटनगर मोरङ र भद्रपुर नगरपालिका झापाबीच प्रतिष्पर्धा हुदैंछ ।

माङसेबुङ ५ स्थित आत्मानन्द खेल मैदानमा आज(शनिबार) आत्मानन्द कप भलिबल प्रतियोगिताको उपाधिका लागि बिराटनगर र भद्रपुर प्रतिष्पर्धा गर्न लागेको हो ।

बिराटनगर पहिलो सेमिफाईनल खेलमा बह्रदशी गाउँपालिका झापालाई ३–१ को सेटमा हराउँदै फाईनल पुगेको हो भने, भद्रपेुर दोस्रो सेमिफाईनल खेलमा सिमाना युवा क्लव मोरलाई ३–० को सोझो सेटमा पराजित गर्दै बिराटनगरसँग उपाधि भिडन्त पक्का गरेको हो ।

प्रतियोगिताको बिजेता टिमले ट्रफीसहित नगद ७० हजार १ सय ७०, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद ३५ हजार १ सय ७०, मेडल र प्रमाणपत्र पाउने छन् ।

भलिबल संघ प्रदेश १ को प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा माङसेबुङ गाउँपालिकाको कार्यलयको खेलकुद बिकास एवम् प्रवद्र्धन र गुरु निजी आश्रम निजी सचिवालयको बिशेष सहयोग रहेको छ ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना महान सेवा समारोहको अवसरमा आत्मानन्द कप अन्तरगत यस बर्ष भलबल प्रतियोगिताको समेत आयोना गरिएको खेलकुद कार्यक्रमका संयोजक तथा आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

सम्बन्धित खवर