आत्मानन्द कप : उपाधिका लागि माङसेबुङ र तिजोक पान्थर भिड्दै - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द कप : उपाधिका लागि माङसेबुङ र तिजोक पान्थर भिड्दै

  • आन्छुमे नसान

मंसिर १७, माङसेबुङ । आत्मानन्द कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (आइतबार) माङसेबुङ गाउँपालिका इलाम र तिजोक युवा क्लब पाँचथर प्रतिष्पर्धा गर्दैछन् ।

इलामको माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हुने फाइनल खेलमा उपाधि कब्जा गर्न माङसेबुङ र तिजोक पाँचथर आमुने सामुने हुने भएका हुन् ।

यस अघि माङसेबुङ गाउँपालिकाले सिरजिसंगा स्पोर्टिङ क्बल मोरङलाई २–० को अन्तरमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो भने तिजोक पाँचथरले पाहुना टोली एमएफसी दार्जिलिङ भारतलाई ३–० ले हराउँदै माङसेबुङसँग भेट पक्का गरेको थियो ।

१६ औं संस्करणको फाईनल खेल अपरान्ह साढे दूई बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोच समेतले नगद पुरस्कार पाउनेछन् ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना महान सेवा समारोहको अवसरमा अवसरमा आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा ८ मंसिरदेखि संचालित प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर