यु-१९ एसिया कप : नेपाल पाकिस्तानसँग पराजित - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यु-१९ एसिया कप : नेपाल पाकिस्तानसँग पराजित

 

मंसिर २२, काठमाडौं । नेपाल एसिसी यु–१९ एसिया कपको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ ।

शुक्रबार युएईस्थित आइसिसी एकेडेमीको दोस्रो मैदानमा भएको खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको हो ।

नेपालले दिएको १५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २६ ओभर २ बलमा मात्र तीन विकेट गुमाएर पूरा गर्यो ।

पाकिस्तानका लागि अजान अविसलेसर्वाधिक ५६ रन बनाउँदै अर्धशतकिय पारी खेले भने  कप्तान साद बेगले ५० रन बनाए ।

बलिङतर्फ नेपालका लागि गुल्सन झाले दुई तथा आकाश त्रिपाठीले एक विकेट लिए ।

यसअघि टस हरोर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १५२ रन बनाएको थियो ।

नेपालका लागि उत्तम थापा मगरले ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै दीपेश कंडेलले ३१ रन बनाउँदा अर्जुन कुमालले २१ रनको योगदान गरे । अन्यले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तानका लागि मोहम्मद जिशनले ६ विकेट लिए । यस्तै अमिर हसनले दुई तथा उबेद शाह र अली अस्फन्दले समान एक विकेट लिए ।

नेपालले आइतबार अफगानिस्तानसँग खेल्नेछ  ।
 

सम्बन्धित खवर