सुनिता संयक र जेके जगतको 'तिमी बाहेक' सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिता संयक र जेके जगतको ‘तिमी बाहेक’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

पुस ४, माङसेबुङ । गायिका सुनिता संयक लिम्बू र गायक जेके जगतको आवाजमा सजिएको प्रेमिल गित ‘तिमी बाहेक’ सार्वजनिक गरिएको छ ।

डिपी खनालको शब्द तथा तारा प्रकाश लिम्बूको संगीत रहेको प्रेमिल गित ‘तिमी बाहेक’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

मदन खड्काको निर्देशनमा राजेश घिमिरेको छायांकन रहेको भिडियोमा जेके जगत र समिता गिरीले अभिनय गरेका छन् ।


सुर्य ओलीको प्रडक्शनमा एनिमेस जर्डेनको मेकअप रहेको भिडियोमा सौगात धितालको ड्रोन तथा बिकास ज्ञावलीको सम्पादन रहेको छ ।

सविन लिम्बूको संगीत संयोजनमा एकास्टिक स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका छन् ।

भिडियो जेके ब्रोज प्रडक्शन युट्यूव च्यानलबाट बुधबार सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर