धनकुटामा सम्पन्न खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि ताक्लुङ तेह्रथुमलाई - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

धनकुटामा सम्पन्न खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि ताक्लुङ तेह्रथुमलाई

पुस १३, धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका ६, सिधुवामा भएको खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधी ताक्लुङ एफसी तेह्रथुमले जितेको छ ।

बिहीबार भएको फाईनल खेलमा मर्निङ एफसी धनकुटालाई १–० गोल अन्तरले हराउँदै ताक्लुङले उपाधि कब्जा गरेको हो ।

उपाधि जितेसँगै ताक्लुङले नगद ५१ हजार ५ रुपैया को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छन् ।

त्यस्तै उपविजेतामा चित्त बुझाएको मर्निङले भने नगद ३१ हजार ५ रुपैयाँ को साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

फाईनल खेलमा ताक्लुङका उमेश मुर्मु म्यान अफ द म्याच भएका थिए । विजेता र उपविजेताहरुलाई छथर जोरपाटी गाउँपालिका उपाध्यक्ष गिता गुरुङ खेवा र प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले पुरस्कार वितरण गर्नु गरेको पूर्व राष्ट्रिय खेलाडी तथा फुटबल प्रशिक्षक लक्ष्मी नारायण श्रेष्ठले बताए ।

स्पोटिङ सिधुवाको आयोजना तथा जिल्ला फुटबल संघ धनकुटाको प्राविधिक सहयोग र सिंहदेवी युथ क्लब सिधुवाको मुख्य सहयोगमा आयोजित प्रतियोगितामा विभीन्न जिल्लाका १६ टिमको सहभागीता रहेको खेल संयोजक निमसाङे शेर्पाले बताए ।

 

सम्बन्धित खवर