नेपाल सुपर लिगको उपाधि ललितपुर सिटीलाई - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल सुपर लिगको उपाधि ललितपुर सिटीलाई

पुस १४, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले कव्जा गरेको छ ।

शनिबार भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ गेल अन्तरले पराजित गर्दै ललितपुरले उपाधि कब्जा गरेको हो ।

ललितपुरलाई जित दिलाउन इमो एजिकेलले दुई गोल गरे । त्यस्तै दिनेश हेम्जनले एक गोल गरे । धनगढीका लागि ओलावाले अफिज र अहमेद हिजाजिले एक–एक गोल गरे ।

धनगढीका लागि ओलावाले अफिजले खेलको ३९औं मिनेटमा गोल गर्दै खेलमा सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा ललितपुरका लागि इमो एजिकेलले गोल गर्दै ललितपुरलाई बराबरीमा फर्काए ।

खेलको ५१ औं मिनेटमा दिनेशले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाए । त्यसपछि खेलको ५८ औं मिनेटमा एजिकेलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३–१ को अग्रता दिलाए ।

खेलको इन्जुरी समयमा हिजाजले गोल गरे पनि ललितपुरले ३–२ गोलको जित निकाल्न सफल भयो ।

जितसँगै ललितपुरले ७० लाख नगद पुरस्कार पाएको छ । भने उपबिजेतामा चित्त बुझाएको धनगढीले २० लाख नगद पुरस्कार पाएको छ ।

सम्बन्धित खवर