इलामको माङ्सेबुङमा १५ औं राष्ट्रपति रनिङ सिल्ड सुरु - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको माङ्सेबुङमा १५ औं राष्ट्रपति रनिङ सिल्ड सुरु

पुस २४, माङ्सेबुङ । इलामको माङ्सेबुङमा १५ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ ।

आज (मंगलबार)देखि ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’, भन्ने मूल नाराका साथ माङ्सेबुङ–२, माङ्मालुङ (डोल्टार) खेलमैदानमा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको हो ।

स्थानीय चिसापानी माध्यमिक विद्यालयले आयोजना गरेको प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईले गरेका थिए ।

प्रतियोगितामा सात सामुदायिक र एक संस्थागत विद्यालय सहभागी रहेको माङ्सेबुङ युवा तथा खेलकुद समिति अध्यक्ष अतित योङहाङले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा भलिबल र एथ्लेटिक्सका १६ मध्ये ११ खेलमा प्रतिस्पर्धा हुनेछ । उद्घाटनको दिन पहिलो चरणका खेल सम्पन्न भएका छन् ।

गाउँपालिका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा भएको कार्यक्रममा जिसस प्रमुख राई, गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत विनोद चौहान, जिल्ला खेलकुद विकास समिति अध्यक्ष खगेन्द्र बाँस्तोला, समितिका कार्यालय प्रमुख नारायण भट्टराई, करातेका अन्तर्राष्ट्रिय प्रशिक्षक योगेश चाम्लिङ, माङ्सेबुङ युवा तथा खेलकुद समिति अध्यक्ष योङहाङ र युवा तथा खेलकुद शाखा प्रमुख बुद्धि खतिवडालगायतको उपस्थिति थियो ।

यो वर्षको जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितासमेत माङ्सेबुङमै आयोजना गरिने छ । गतवर्ष जिल्लास्तरको प्रतियोगिता फाकफोकथुम गाउँपालिकामा भएको थियो ।

सम्बन्धित खवर