माङसेबुङमा पवित्रहाङमा कपको तयारी सुरु, माघ २३ बाट हुने - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा पवित्रहाङमा कपको तयारी सुरु, माघ २३ बाट हुने

माघ ४, माङसेबुङ । पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिता आगामी माघ २३ गतेदेखि सञ्चालन हुने भएको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६८ औं जन्मोत्सवको अवसरमा सञ्चालन हुने १४ औं संस्करण प्रतियोगिताको तयारी आज इलामको माङसेबुङमा पत्रकार सम्मेलन गरी सुरु गरिएको हो ।

इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी ८ वटा महिला टिमको सहभागिता रहनेछ । सो प्रतियोगिता प्रदेश १ मा आयोजना हुँदै आएको महिला खेलकुद प्रतियोगितामा सर्वाधिक पुरस्कार राशीको कपको रुपमा रहेको छ ।

प्रतियोगितामा पूर्वी नेपालको इलाम, झापा, भुटान, सप्तरी, मोरङ र भारतको महिला टिमको सहभागिता रहने खेलकुद प्रतियोगिताको संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङको भनाई छ ।


मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङ ज्यू नुमाङगेन्ना सेवा महान समारोहको र आत्मा पवित्र हक्चात यक्चुमको संयुक्त आयोजनामा हुने प्रतियोगितामा यस वर्ष माङ्सेबुङ गाउँपालिका इलाम, कन्काई नगरपालिका झापा, वि.वाई.सी भूटान, दीपेन्द्र शिखर फुटबल क्लब इलाम, नमोबुद्ध युथ फुटबल क्लब सप्तरी, जनसहयोग युवा मोरङ, नवदिप युवा क्लब मिक्लाजुङ मोरङ, र एमएफसी दार्जिलिङ भारतको सहभागिता रहेनेछ ।

प्रतियोगिताको विजेता टिमले ३ लाख १ सय ६८ र उपविजेताले २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।

माङसेबुङमा २०६७ देखि हरेक वर्ष मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको जन्मोत्सवमा यहीँ समयमा पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

सम्बन्धित खवर