इलाम गोल्डकप : पाँचथर सेमिफाइनलमा प्रवेश - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाम गोल्डकप : पाँचथर सेमिफाइनलमा प्रवेश

माघ ९, इलाम । पाँचथर फुटबल क्लब इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज (मंगलबार)को अन्तिम क्वार्टर फाइनलमा बुटबल लुम्बिनी फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै पाँचथर सेमिफाइनलमा प्रवेश गरेको हो । योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ ।

निर्धारित समयमा दुवै टिमबाट २–२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पाँचथरका अशोक खवास, सुनिल खड्का, मञ्जिल खड्का र रोमन भुजेलले गोल गरे भने सिमान्त थापाको प्रहार बुटवलका गोलकिपर मोहम्मद मोस्सीले बचाउ गरेका थिए ।

यता बुटवलका चन्दन दास, विकास लामा र मार्टिनले गोल गर्दा जनक कोइरालाको प्रहार पाँचथरका गोलकिपर रोशन नेपालले बचाउ गरे भन,े अनिल महर्जनको प्रहार बाहिरिएको थियो ।

यसअघि खेलको चौथो मिनेटमा पाँचथरका रोशन लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाए । तर खेलको ३५औं मिनेटमा बुटबलका स्टेफेन न्यामले गोल गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसलगतै खेलको ३८औं मिनेटमा सिमान्त थमपाको गोलमा पाँचथरले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो । दोस्रो हाफमा खेलको ५१ औं मिनेटमा माटिन्सले फ्रिकिकबाट गोल गर्दै बुटबललाई बराबरीमा फर्काएका थिए ।

आजको खेलको म्यान अफ दि म्याच पाँचथरका रोशन लिम्बू भए ।

विजेता पाँचथरले झापा युनाइटेडसँग माघ ११ मा सेमिफाइनल खेल्नेछ । आयोजक रेडहर्स फुटबल क्लब र एनआरटीको सेमिफाइनल भिडन्त भोलि हुनेछ ।

१३ गते हुने फाइनलको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

सम्बन्धित खवर