इलाम गोल्डकप : रेडहर्सलाई सडन डेत्थमा हराउँदै एनआरटी फाइनलमा - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाम गोल्डकप : रेडहर्सलाई सडन डेत्थमा हराउँदै एनआरटी फाइनलमा

माघ १०, इलाम । न्युरोड टिम (एनआरटी) इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

आज (बुधबार) भएको पहिलो सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लबलाई सडन डेथमा ४–३ ले पराजित गर्दै एनआरटी उपाधि नजिक पुगेको हो ।

निर्धारित समयमा १–१ गोलको बराबरी सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि सडन डेथमा एनआरटीले बाजी मारेको थियो ।

आजको खेलको म्यान अफ दि म्याच एनआरटीका गोलकिपर थेभ्स प्रिसो घोषित भए । भोलिको दोस्रो सेमिफाइलमा पाँचथर फुटबल क्लब र झापाको बिर्तामोड फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

१३ गते हुने फाइनल विजेताले पाँच लाख र उपविजेताले तीन लाख पुरस्कार पाउनेछन् ।

सम्बन्धित खवर