इलाम गोल्डकप : बिर्तामोड फाइनलमा, उपाधिका लागि एनआरटीसँग भिड्ने - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाम गोल्डकप : बिर्तामोड फाइनलमा, उपाधिका लागि एनआरटीसँग भिड्ने

माघ ११, इलाम । झापाको बिर्तामोड युनाइटेड इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

आज(बिहिबार) भएको दोस्रो सेमिफाइनलमा पाँचथर फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोलान्तरले पराजित गर्दै बिर्तामोड फाइनलमा प्रवेश गरेको हो ।

बिर्तामोड झापा फाइनल प्रवेश गरेसँगै काठमाडौँको न्युरोड टिम (एनआरटी)सँग भिडन्त पक्का गरेको छ ।

निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा बिर्तामोडको तर्फबाट दिवस उराउ, प्रदीप बुढाथोकी, रोहन कार्की र एन्जल गुरुङले गोल गरे । विशाल दर्जीको प्रहार पाँचथरका बलरक्षकले बचाउ गरे ।

पाँचथरको तर्फबाट साइमान लिम्बू र सुदीप श्रेष्ठले गोल गरे । अशोक खवासको प्रहार बिर्तामोडका बलरक्षकले बचाउ गरे भने बिजु भुजेलको प्रहार गोलपोस्टमा ठोक्किएर बाहिरियो ।

आजको खेलको म्यान अफ् दि म्याच बिर्तामोडका सञ्जित राई घोषित भए । फाइनल खेल आउँदो १३ गते शनिबार हुनेछ ।

सम्बन्धित खवर