आइसीसी यू–१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आइसीसी यू–१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा

माघ १२, काठमाडौं । नेपाल आइसीसी यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ ।

शुक्रबार इस्ट लण्डनमा भएको समुह चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपालल सुपर सिक्समा प्रवेश गरेको हो ।

अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ४ बलमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि कप्तान देव खनालले ८९ बलमा ७ चौकाको मद्दतले ५८ रनको अर्धशतकीय पारी खेले । यसैगरि दिपक बोहराले २७ रन बनाउँदा आकाश त्रिपाठी १६ रनको योगदान गरे । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आफगानिस्तानका लागि फ्रिदोन दावदजाईले तीन विकेट लिदा खलिल अहमद र नसिर खानले दुई–दुई तथा गजनफर र अर्ब गुलले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १४५ बनाएको थियो ।

आफगानिस्तानका लागि गाजनफरले सर्वाधिक ३७ रन बनाृदा नशिर खानले ३१ रन र फ्रिदोनले २९ रनको योगदान गरे ।

नेपालको जितमा आकाश चन्दले सर्वाधिक पाँच विकेट लिए । त्यस्तै दिपेश कडेलले दुई विकेट लिँदा गुलशन झा, सुवास भण्डारी र तिलक भण्डारीले एक–एक विकेट लिए ।

सम्बन्धित खवर