इलाम गोल्डकपको उपाधि एनआरटीले चुम्यो - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाम गोल्डकपको उपाधि एनआरटीले चुम्यो

माघ १३, इलाम । प्रथम ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि न्युरोड टिम (एनआरटी)ले जितेको छ ।

आज (शनिबार) भएको फाइनल खेलमा बिर्तामोड युनाइटेडलाई टाइब्रेकरमा ४–३ गोलान्तरले पराजित गर्दै एनआरटीले उपाधि चुमेको हो ।

निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि नतिजा टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा एनआरटीका सुमित श्रेष्ठ, जय गुरुङ, र विवेक गुरुङले गोल गरे । एनआरटीका राजीव लोप्चनको प्रहार झापाका गोलकिपरले बचाए ।

यता बिर्तामोडको तर्फबाट योगेश गुरुङ, घनश्याम मुर्मु र देवेन्द्र तामाङले गोल गरे । प्रदीप बुढाथोकी र अनिल गुरुङको प्रहार विपक्षी गोलकिपर प्रिसोले बचाए ।

बिर्तामोड टिमका हिसुब थपलिया आजको खेलको म्यान अफ् दि म्याच घोषित भए ।

प्रतियोगिताको सर्वाेत्कृट खेलाडी बिर्तामोडका रोहन कार्की घोषित हुँदा सर्वाेत्कृट गोल्डकप गोलकिपर एनआरटीका प्रिसो र सर्वाेत्कृट मिल्ड फिल्डर बिर्तामोडका योगेश गुरुङ घोषित भए ।

यसैगरि सर्वाेत्कृट फरवर्ड एनआरटीका राजीव लोप्चन, सर्वाेत्कृट डिफेन्डर बिर्तामोडका सञ्जित राई, सर्वाेत्कृट प्रशिक्षक एनआरटीका हरिहोम श्रेष्ठ, सर्वाेत्कृट राइजिङ प्लेयर रेडहर्स इलामका विवेक मगर र सर्वाधिक गोलकर्ता रेडहर्स इलामका नवयुग श्रेष्ठ घोषित भए ।

विजेता टिम एनआरटीले नगद पाँच लाख सहित ट्रफी, मेडल तथा प्रमाण–पत्र हात पारे भने उपविजेता टिम बिर्तामोडले नगद तीन लाख रुपैयाँ सहित ट्रफी, मेडल तथा प्रमाण–पत्रमा चित्त बुझाए ।

 

सम्बन्धित खवर