साफ महिला यु–१९ च्याम्पियनसिप : नेपाल बंगलादेशसँग पराजित - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ महिला यु–१९ च्याम्पियनसिप : नेपाल बंगलादेशसँग पराजित

माघ १९, काठमाडौं । नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–१९ च्याम्पियनसिपको पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित भएको छ ।

शुक्रबार ढाकास्थित मुस्ताफा कमल रंगशालामा भएको खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।

बंगलादेशको जितमा एमएसटी सागोरिकाले दूई तथा मुन्की अख्तरले एक गोल गरिन् । यता नेपालका लगि भने सुप्रिया मियाले एक मात्र गोल फर्काइन् ।

हारसँगै नेपालले महत्वपूर्ण तीन अंक गुमाएको छ । अब नेपालले आफ्नो दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ ।

यसपटक बंगलादेश, नेपाल, भारत र भुटानले सहभागिता जनाउँदा पाकिस्तान, श्रीलंका र माल्दिभ्स अनुपस्थित छन् ।

सहभागी चार टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित खवर