आइसिसी यु–१९ विश्वकप : भारतसँग नेपाल पराजित - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आइसिसी यु–१९ विश्वकप : भारतसँग नेपाल पराजित

माघ १९,काठमाडौं । नेपाल आइसिसी यु–१९ विश्वकप अन्तर्गत सुपर सिक्सको दोस्रो तथा अन्तिम खेलमा पराजित भएको छ ।

शुक्रबार दक्षिण अफ्रिकाको माङ्गाउँ ओभलमा भएको खेलमा नेपाल भारतसँग १ सय ३२ रनले पराजित भएका हो ।

हारसँगै नेपाल सुपर सिक्समा जितविहिन बनेको छ । पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले स्तब्ध बनेको थियो । जितसँगै चार खेलमा ८ अंक जोडेको भारतले भने सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

शुक्रबार भारतले प्रस्तुत गरेको २ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरसम्म ब्याटिङ गर्दै ९ विकेट गुमाएर १ सय ६५ रन मात्र बनायो ।

नेपालका लागि कप्तान देव खनालले ३३, दुर्गेश गुप्ताले अविजित २९, अर्जुृन कुमालले २६, दीपक बोहराले २२ र आकाश चन्दले अविजित १८ रन बनाए ।

भारतका लागि सौम्य पाण्डेले १० ओभरमा १ मेडनसहित २९ रन खर्चिदै सर्वाधिक ४ विकेट लिए । यसैगरी आर्शिन कुलकर्नीले २ तथा राज लिम्बानी, आरध्य शुक्ला र मुरुगन अविशेकले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै २ सय ९७ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि सचीन दासले सर्वाधिक १ सय १६ रनको योगदान गरे । यसैगरी कप्तान उदय सहरनले १ सय रन, आदर्श सिंहले २१, प्रियान्शु मोलियाले १९ र आर्शिन कुलकर्नीले १८ रन बनाए ।

नेपालका लागि गुल्सन झाले ३ तथा आकाश चन्दले १ विकेट लिए ।

सम्बन्धित खवर