पवित्रहाङमा कप : आजबाट सुरु, उद्घाटनमा माङसेबुङ र मिक्लाजुङ भिड्दै - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा कप : आजबाट सुरु, उद्घाटनमा माङसेबुङ र मिक्लाजुङ भिड्दै

माघ २४, माङसेबुङ । १४ औं पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिताको आज बुधबारबाट सुरु हुदैंछ ।

इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हुने उद्घाटन खेलमा माङ्सेबुङ गाउँपालिका इलाम र नवदिप युवा क्लब मिक्लाजुङ मोरङबिच प्रतिस्पर्धा हुनेछ । खेल अपरान्ह २ बजे सुरु हुनेछ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा महान समारोहको अवसरमा आज बुधबारबाट सञ्चालन हुने १४ औं संस्करण पवित्रहाङमा कप प्रतियोगिताको तयारी पुरा भएको खेलकुद प्रतियोगिताका संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताए ।

प्रतियोगितामा नेपाल र भारतका गरी ८ वटा महिला टिमको सहभागिता रहनेछ । सो प्रतियोगिता प्रदेश १ मा आयोजना हुँदै आएको महिला खेलकुद प्रतियोगितामा सर्वाधिक पुरस्कार राशीको कपको रुपमा रहेको छ ।

प्रतियोगितामा पूर्वी नेपालको इलाम, झापा, सप्तरी, मोरङसँगै भुटान र भारतको महिला टिमको सहभागिता रहने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिज सरिता राईले बताइन् ।

प्रतियोगितामा माङ्सेबुङ गाउँपालिका इलाम, कन्काई नगरपालिका झापा, वि.वाई.सी भूटान, दीपेन्द्र शिखर फुटबल क्लब इलाम, नमोबुद्ध युथ फुटबल क्लब सप्तरी, जनसहयोग युवा मोरङ, नवदिप युवा क्लब मिक्लाजुङ मोरङ, र एमएफसी दार्जिलिङ भारतको सहभागिता रहेको छ ।

प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।

सम्बन्धित खवर