पवित्रहाङमा कप : माङसेबुङ इलाम सेमिफाइनलमा प्रवेश - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा कप : माङसेबुङ इलाम सेमिफाइनलमा प्रवेश

माघ २४, माङसेबुङ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप महिला फुटबल प्रतियोगितामा माङसेबुङ गाउँपालिका इलाम सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको उद्घाटन खेलमा नवदीप युवा क्लब मिक्लाजुङ मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै माङसेबुङ सेमिफाइनलमा प्रवेश गरेको हो ।

माङसेबुङको जितमा सावना राईको एक मात्र गोल निर्णायक बनेको थियो । उनले पहिलो हाफको दशौं मिनेटमा गोल गरेकि थिइन् । खेलको वुमन अफ दी म्याच माङसेबुङका सावना राई घोषित भइन् ।

प्रतियोगिता अन्तर्गत भोलि(विहिबार) कन्काई नगरपालिका झापा र वि.वाई.सी. भूटानबीच  प्रतिस्पर्धा हुने खेलकुद प्रतियोगिताका संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताएका छन् ।

प्रतियोगितामा नेपाल र भारतका गरी ८ वटा महिला टिमको सहभागिता रहनेछ । सो प्रतियोगिता प्रदेश १ मा आयोजना हुँदै आएको महिला खेलकुद प्रतियोगितामा सर्वाधिक पुरस्कार राशीको कपको रुपमा रहेको छ ।

प्रतियोगितामा पूर्वी नेपालको इलाम, झापा, सप्तरी, मोरङसँगै भुटान र भारतको महिला टिमको सहभागिता रहने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताइन् ।

प्रतियोगितामा माङ्सेबुङ गाउँपालिका इलाम, कन्काई नगरपालिका झापा, वि.वाई.सी भूटान, दीपेन्द्र शिखर फुटबल क्लब इलाम, नमोबुद्ध युथ फुटबल क्लब सप्तरी, जनसहयोग युवा मोरङ, नवदिप युवा क्लब मिक्लाजुङ मोरङ, र एमएफसी दार्जिलिङ भारतको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले ३ लाख १ सय ६८ रुपैयाँ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा महान समारोहको अवसरमा आयोजना गरिएको १४ औं संस्करण पवित्रहाङमा कप प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।

सम्बन्धित खवर