पवित्रहाङमा कप : आज कन्काई झापा र वि.वाई.सी. भूटान भिड्दै - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा कप : आज कन्काई झापा र वि.वाई.सी. भूटान भिड्दै

  • आन्छुमे नसान

माघ २५, माङसेबुङ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप महिला फुटबल प्रतियोगितामा आज(बिहिबार) कन्काई नगरपालिका झापा र वि.वाई.सी. भूटानबीच प्रतिस्पर्धा हुदैंछ ।

कन्काई झापा र वि.वाई.सी. भूटान बीचको खेल माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दिउँसो ३ बजे सुरु हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताएकी छन् ।

यसअघि हिजो(बुधबार) भएको खेलमा नवदीप युवा क्लब मिक्लाजुङ मोरङलाई मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै माङसेबुङ गाउँपालिका इलाम सेमिफाइनलमा प्रवेश गरेको छ ।

सावना राईले खेलको १० औं मिनेटमा गरेको गोल नै माङसेबुङ इलामलाई सेमिफाईनलमा पुग्न पर्याप्त बन्यो । खेलको वमन अफ दी म्याच माङसेबुङका सावना राई घोषित भइन् ।

प्रदेश १ मा आयोजना हुँदै आएको महिला खेलकुद प्रतियोगितामा सर्वाधिक पुरस्कार राशीको कपको रुपमा रहेको प्रतियोगितामा नेपाल र भारतका गरी ८ वटा महिला टिमको सहभागिता रहेको खेलकुद प्रतियोगिताका संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताएका छन् ।

प्रतियोगिताको विजेता टिमले ३ लाख १ सय ६८ रुपैयाँ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा महान समारोहको अवसरमा आयोजना गरिएको १४ औं संस्करण पवित्रहाङमा कप प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।

 

सम्बन्धित खवर