क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालको रोमाञ्चक जित - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालको रोमाञ्चक जित

माघ २५, काठमाडौं । नेपालले क्यानडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा रोमाञ्चक जित हात निकालेको छ ।

बिहीबार कीर्तिपुर स्थित त्रिवि मैदानमा सुरु भएको तीन म्याचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानाडामाथि ७ रनको रोमाञ्चक जित दर्ता गरेको हो ।

नेपालले प्रस्तुत गरेको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडा १३ बल अगावै अलआउट हुँदै २ सय १७ रनमा समेटियो ।

क्यानाडाका लागि निकोलस कृतनले ६८ र प्रगत सिंहले ५० रन बनाउँदा हर्श ठाकरले ३२ र ओपनर आरोन जोनसनले २० रनको योगदान गरेका थिए । क्यानडाका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकको स्कोर छुन सकेनन् ।

नेपालका लागि डेब्यु खेलमा रिजन ढकालले एक विकेट लिए । कप्तान रोहितले सर्वाधिक ४ विकेट लिएको खेलमा ललित राजवंशीले २ विकेट झारेका थिए । सोमपाल कामी, पवन सरार्फ र कुशल मल्लले समान एक एक विकेट चट्काएका थिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा अलआउट हुँदै २ सय २४ रन बनाएको थियो ।

ओपनर कुशल भुर्तेलले ६२ रनको इनिङ्स खेल्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । आसिफ शेख र कप्तान रोहित पौडेललाई समान ८ रन बनाउदा भिम सार्कीले १७, कुशल मल्लले २० र आरिफ शेखले ३८ रन बनाउँदै नेपालको इनिङ्सलाई केही उकासेका थिए ।

यस्तै पवन सरार्फले १५, सोमपाल कामीले २७, रिजन ढकालले ४ र ललित राजवंशीले १ रन बनाए । सुर्य तामाङ १० रनमा नटआउट रहे ।

क्यानडाका उदय भगवानले सर्वाधिक ३ तथा साद बिन जफर र इशवरजोत सोहीले समान २ विकेट लिएका थिए । साहिद अहमदजई र हर्ष ठाकरले समान एक एक विकेट हात पारे ।

घरेलु मैदानमा डब्लूसीएल लिग टू अन्तर्गतका म्याच खेल्नुअघि नेपालले क्यानडालाई बोलाएर एकदिवसीय सिरिजको आयोजना गरेको हो । सिरिज अन्तर्गतको दोस्रो खेल शनिबार हुनेछ ।

नेपालको राष्ट्रिय टिममा सुर्य तामाङ र रिजन ढकालले डेब्यु गरेका छन् ।

सम्बन्धित खवर