पवित्रहाङमा कप : साविक बिजेता मानेभञ्ज्याङ दार्जिलिङ सेमिफाइनलमा - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा कप : साविक बिजेता मानेभञ्ज्याङ दार्जिलिङ सेमिफाइनलमा

  • आन्छुमे नसान

माघ २६, माङसेबुङ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप महिला फुटबल प्रतियोगितामा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ, भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको खेलमा नवोबुद्ध युवा क्लब सप्तरीलाई २–० गोल अन्तरले पराजित गर्दै मानेभञ्ज्याङ अन्तिम चारमा प्रवेश गरेको हो ।

मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत टिम

मानेभञ्ज्याङको जितमा दुबै गोल सिम्रन गुरुङले गरिन् । उनले पहिलो हाफमा र दोस्रो हाफमा गोल गरेकी हुन् । खेलको वुमन अफ दी म्याच समेत गुरुङनै घोषित भइन् ।

प्रतियोगिता अन्तर्गत भोलि(शनिबार) जनसहयोग युवाक्लब मोरङ र डिएसएफसी इलामबीच प्रतिप्षर्धा हुने खेलकुद प्रतियोगिताका संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताएका छन् ।

नवोबुद्ध युवा क्लब सप्तरी टिम

प्रदेश १ कै सर्वाधिक पुरस्कार राशीको कपको रुपमा रहेको प्रतियोगिताको विजेता टिमले ३ लाख १ सय ६८ रुपैयाँ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन्, भने उपविजेताले २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा महान समारोहको अवसरमा आयोजना गरिएको १४ औं संस्करण पवित्रहाङमा कप प्रतियोगिताको फाइनल खेल भने फागुन २ गते हुनेछ ।

सम्बन्धित खवर