पवित्रहाङमा कप : जनसहयोगलाई हराउँदै डिएस एफसी इलाम अन्तिम चारमा - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा कप : जनसहयोगलाई हराउँदै डिएस एफसी इलाम अन्तिम चारमा

  • आन्छुमे नसान

माघ २७, माङसेबुङ । धार्मिक पर्यटकिय स्थल इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप महिला फुटबल प्रतियोगितामा दिपेन्द्र शिखर फुटबल क्लब इलाम सेमिफाइनलमा प्रवेश गरेको छ ।

माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा आज शनिबार भएको पहिलो चरणको अन्तिम खेलमा खेलमा जनसहयोग युवा क्लब मोरङबिरुद्ध ५–० को सानदार जित निकाल्दै डिएस एफसी इलाम अन्तिम चारमा प्रवेश गरेको हो ।

राष्ट्रिय टिमका खेलाडीहरुले भरिएको इलामको जितमा सञ्जु तामाङले दूई गोल तथा तुलसा बोहोरा, समिक्षा मगर र हिमा रावतले एक एक गोल गरेका थिए ।

पहिलो हाफको १७ औं मिनेटमा सञ्जु तामाङले गोल गर्दै इलामलाई शुरुवाती अग्रता दिलाइन् । त्यसपछि खेलको ३२ औं मिनेटमा तुलासा बोहोराले गोल गर्दै अग्रता दोब्बर बनाइन् ।

पहिलो हाफमा मोरङमाथि हाबि भएको इलामले दोस्रो हाफमा पनि सोहि लय समाउदै दोस्रो हाफको सातौं मिनेटमा समिक्षा मगरकोे गोलमा इलामले अग्रता तेब्बर बनायो । त्यसपछि दोस्रो हाफको ११ औं मिनेटमा हिमा रावतले गोल गरिन् भने खेलको २३ औं मिनेटमा सञु तामाङले ब्यक्तिगत दोस्रो गोल गर्दै इलामलाई ५–० को सानदार जित दिलाईन् ।

जितसँगै इलामले सोमबार हुने दोस्रो सेमिफाइनल खेलमा कनकाई नगरपालिका झापासँको भेट पक्का गरेको छ । यो सँगै पवित्रहाङमा कपको सेमिफाइनल समिकरण समेत पुरा भएको छ । खेलको वुमन अफ दी म्याच सञ्जु तामाङ घोषित भइन् ।

प्रतियोगिता अन्तर्गत भोलि(आइतबार) हुने पहिलो सेमिफाईनल खेलमा माङसेबुङ गाउँपालिका इलाम र साविक बिजेता मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतबीच फाइनल प्रवेशका लागि प्रतिप्षर्धा हुने खेलकुद प्रतियोगिताका संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताएका छन् ।

प्रदेश १ कै सर्वाधिक पुरस्कार राशीको कपको रुपमा रहेको प्रतियोगिताको विजेता टिमले ३ लाख १ सय ६८ रुपैयाँ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन्, भने उपविजेताले २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा महान समारोहको अवसरमा आयोजना गरिएको १४ औं संस्करण पवित्रहाङमा कप प्रतियोगिताको फाइनल खेल भने फागुन २ गते हुनेछ ।

सम्बन्धित खवर