मैत्रीपूर्ण फुटबल खेलमा चीनको युवा टिममाथि नेपालको जित - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मैत्रीपूर्ण फुटबल खेलमा चीनको युवा टिममाथि नेपालको जित

माघ २७, काठमाडौं । नेपालले अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा चीनको युवा टिममाथि सानदार जित निकालेको छ ।

शनिबार चीनियाँ नयाँ वर्षको अवसरमा दशरथ रंगशालामा आयोजित प्रतियोगितामा चीनलाई ५–१ गोल अन्तरले हराउँदै नेपालको युवा टिमलेले सानदार जित निकाको हो ।

नेपालले दोस्रो मिनेटमै सञ्जिव विष्टको गोलबाट खेलमा अग्रता लिएको थियो । खेलको ३९ औं मिनेटमा समिर तामाङले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए ।

खेलको ५४ औं मिनेटमा समिर तामाङले ब्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३–० को अवस्थामा पुर्याउदा ६३ औं मिनेटमा छिरिङ लामाले नेपालका लागि चौथों गोल गरे ।

निराजन धामीले ७५ औं मिनेटमा नेपालका लागि पाँचौं गोल गरेका थिए । त्यसको तीन मिनेटपछि जाक्सी पेन्गुकुओले चीनका लागि सान्तवना गोल फर्काएका थिए ।

नयाँ वर्षको अवसरमा चीनले नेपालको यू–२३ टिमसँग मैत्रीपूर्ण खेलको आयोजना गरेको थियो ।

सम्बन्धित खवर