पवित्रहाङमा कप : आज माङसेबुङले साबिक बिजेता मानेभञ्ज्याङको सामना गर्दै - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा कप : आज माङसेबुङले साबिक बिजेता मानेभञ्ज्याङको सामना गर्दै

  • आन्छुमे नसान

माघ २८, माङसेबुङ । धार्मिक पर्यटकिय स्थल इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप महिला फुटबल प्रतियोगितामा आज(आइतबार) माङसेबुङ गाउँपालिका इलामले साविक बिजेता मानेभञ्ज्याङ फुटबल क्लव दार्जिलिङ भारतको सामना गर्दैछ ।

माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हुने पहिलो सेमिफाईनल खेलमा माङसेबुङले साविक बिजेता दार्जिलिङ भारतसँग फाइनलमा स्थान बनाउनका लागि प्रतिस्पर्धा गर्न लागेको हो ।

आज हुने खेल दिउँसो ३ बजे सुरु हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताएकी छन् ।

यसअघि हिजो(शनिबार) भएको खेलमा जनसहयोग युवा क्लव मोरङलाई ५–० गोल अन्तरले पराजित गर्दै दिपेन्द्र शिखर फुटबल क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको विजेता टिमले ३ लाख १ सय ६८ रुपैयाँ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा महान समारोहको अवसरमा आयोजना गरिएको १४ औं संस्करण पवित्रहाङमा कप प्रतियोगिताको फाइनल खेल भने फागुन २ गते हुनेछ ।

सम्बन्धित खवर