पवित्रहाङमा कपको उपाधि साविक बिजेता मानेभञ्ज्याङ दार्जिलिङलाई - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा कपको उपाधि साविक बिजेता मानेभञ्ज्याङ दार्जिलिङलाई

  • आन्छुमे नसान

फागुन २, माङसेबुङ । धार्मिक पर्यटकिय स्थल इलामको माङसेबुङमा जारि १४ औं संस्करण पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिताको उपाधि साविक बिजेता मानेभञ्ज्याङ फुटबल क्लव दार्जिलिङ भारतले चुमेको छ ।

आज(बुधबार) माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको फाइनल  खेलमा कन्काई नगरपालिका झापालाई ३-१ गोल अन्तरले पराजित गर्दै मानेभञ्ज्याङले उपाधि चुमेको हो ।

मानेभञ्ज्याङ दार्जिलिङको जितमा सिम्रन गुरुङले दुई तथा सुस्मिता लेप्चाले एक गोल गरिन । यता कन्काईका लागि भने कुमारी तामाङले एक गोल फर्काइन् ।

पहिलो हाफको २२ औं मिनेटमा सुस्मिता लेप्चाको गोलमा मानेभञ्ज्याङले अग्रता लिएको थियो ।

पहिलो हाफमा १-० ले अग्रता बनाएको मानेभञ्ज्याङले दोस्रो हाफको दोस्रो मिनेटमै सिम्रन गुरुङको गोलमा अग्रता दोब्बर बनायो । त्यपछि खेलको आठौं मिनेटमा कुमारी तामाङले गोल गर्दै कन्काईलाई २-१ मा फर्काएका थिए ।

खेलको इन्ज्युरी समयमा सिम्रन गुरुङले ब्यत्तिगत दोस्रो गोल गर्दै मानेभञ्ज्याङला ३-१ को सहज जित दिलाए ।

उपाधि जितेसँगै मानेभञ्ज्याङले ३ लाख १ सय ६८ रुपैयाँ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । उपबिजेता बनेका कन्काई झापाले भने नगद पुरस्कार २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण–पत्रमा चित्त बुझाएका छन् ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको देव समुपस्थितिमा माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष बिनोद नेम्वाङको प्रमुख आतिथ्यमा फाइनल खेल सम्पन्न भएको थियो ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा महान समारोहको अवसरमा आयोजना गरिएको प्रतियोगिताको नेपाल र भारत गरि आठ टिमको सहभागीता रहेको थियो ।

सम्बन्धित खवर