वाफ वुमन्स च्याम्पियनसिप : सिरियामाथि नेपालको शानदार जित - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

वाफ वुमन्स च्याम्पियनसिप : सिरियामाथि नेपालको शानदार जित

फागुन ८, काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टिमले वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा शानदार बिजयी सुरुवात गरेको छ ।

नेपालले आज(मंगलबार) साउदी अरबको किंग अब्दुल्लाह स्पोर्टस सिटी स्टेडियममा भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरले हराउँदै शानदार बिजयी सुरुवात गरेको हो । नेपालले जित हासिल गरेसँगै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।

नेपालले खेलको १० औं मिनेटमा अमिशा कार्कीको गोलमा अग्रता बनाएको थियो । त्यसको तीन मिनेटपछि अनिता बस्नेतले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् ।

खेलको १९ औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि तेस्रो गोल गरिन् । पहिलो हाफ सकिन तीन मिनेट अघि रानाले सिरियाका लागि एक गोल फर्काएकी थिईन् ।

दोस्रो हाफको ६९ औं मिनेटमा रेखा पौडेलले गोल गर्दै नेपाललाई ४–१ को शानदार जित दिलाईन् ।

प्रतियोगितामा नेपाल समूह बीमा रहेको छ । नेपाल रहेको समूहमा सिरिया सहित प्यालेस्टाइन र इराक छन् ।

नेपालले समूह चरणको खेलमा बिहीबार इराक र शनिबार प्यालेस्टाइनसँग खेल्नेछ ।

सम्बन्धित खवर