आईसीसी विश्वकप लिग टू मा नेपाल फेरि नामिबियासँग पराजित - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईसीसी विश्वकप लिग टू मा नेपाल फेरि नामिबियासँग पराजित

फागुन ९, काठमाडौं । आईसीसी विश्वकप लिग टू मा नेपाल नामिबियासँग पराजित भएको छ ।

कीर्तिपुर स्थित टियु मैदानमा बुधबार भएको खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित भएको हो । लिग टूको आफ्नो तेस्रो खेलमा नेपाल दोस्रो पटक नामिबियासँग पराजित भएको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्य नामिबियाले ८ विकेट गुमाएर पुरा गर्यो ।

कप्तान गेरहार्ड इरास्मसले ५२ रन र जोहन्सन स्मिथले ३४ रनको अविजित पारी खेले । यस्तै माइकल बेन लिन्गनले ३१ रनको योगदान गरे ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३ विकेट लिदाँ कुशल मल्ल, ललित राजवंशी, रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले समान एक एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३७ दशमलव १ ओभरमा १ सय ६८ रनमा समेटिएको थियो ।

आसिफ शेखले ५८ रन, कुशल मल्लले ३६ रन र भिम सार्कीले २६ रनको योगदान गरेका थिए । नेपालका तीन ब्याट्सम्यान शुन्य रनमा पोविलियन फर्किए ।

अनिल साह, देव खनाल र कप्तान रोहित पौडेल शुन्य रनमा आउट भए । ओपनर कुशल भुर्तेलले १८ रन बनाए । करन केसी १२, दिपेन्द्र सिंह ऐरी ६ र सोमपाल कामी ४ रनमा आउट भए ।

नामेबियाका बर्नार्ड शोल्ट्ज र जान निकोल लोफ्टी इटनले समान ३ विकेट लिएका थिए । ज्याक ब्रासेल र गरहार्ड इरास्मसले समान एक एक विकेट हात पारे ।

लिग टूको पहिलो खेलमा नामिबियाले नेपाललाई ४ विकेटले हराएको थियो । नेपालले प्रतियोगिता अन्तर्गत घरेलु मैदानमा नेदरल्याण्ड्ससँग अन्तिम खेल खेल्नेछ ।

सम्बन्धित खवर