आईसीसी विश्वकप लिग लिग टूमा नेदरल्याण्ड्ससँग नेपाल पराजित - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईसीसी विश्वकप लिग लिग टूमा नेदरल्याण्ड्ससँग नेपाल पराजित

फागुन १३, काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग लिग टूमा नेदरल्याण्ड्ससँग पराजित भएको छ ।

आईतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको हो ।

नेदरल्याण्ड्सको जितमा बिक्रमजीत सिंहको शानदार अर्धशतकको पारि खेलेका थिए । बिक्रमजीतले अविजित ५८ रन बनाउदा साइब्रान्ड एनगेलब्रेक्टले अविजित ४६ रन बनाए ।

यस्तै पहिलो विकेटका लागि मेक्स ओडाँड र माइकल लेविटले ६१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । मेक्सले २८ र माइकलले ३९ रनको योगदान गरे ।

नेपालका ललित राजवंशी र दिपेन्द्र सिह ऐरीले समान एक एक विकेट लिए ।

यसअघि, सुरुवाती ब्याटिङ्ग गरेको नेपाल ३ बल बाँकी छदै १ सय ७२ रनमा अलआउट भएको थियो ।

नेपालको इनिङ्समा कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाउँदा करन केसीले २६ रन बनाए । यस्तै आरिफ शेखले २२ रन जोड्दा आसिफ शेखले १७ रन बनाए ।

कप्तान रोहित पौडेलले १६ रन, अनिल साहले ७ रन, कुशल मल्ले २, दिपेन्द्र सिंह ऐरीले १ र भिम सार्की शुन्य रनमा पोविलियन फर्किदा गुलसन झा ५ रनमा आउट भएका थिए ।

नेदरल्याण्ड्सका विवियन किग्मा र आर्यन दत्तले समान तीन तीन विकेट लिए । बास डी लिडेले दुई विकेट लिदाँ रुलोफ वान डेरले एक विकेट झारेका थिए ।

नेपाल भ्रमणमा आएका नामिबिया र नेदरल्याण्ड्ससँग घरेलु टोलीले मात्र २ अंक जोड्न सफल भएको छ ।

 

सम्बन्धित खवर