रहेनन् भजन शिरोमणि भक्तराज आचार्य - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रहेनन् भजन शिरोमणि भक्तराज आचार्य

फागुन १४, काठमाडौँ । गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्यको सोमबार निधन भएको छ ।

घरमै अस्वस्थ भएपछि उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै गायक आचार्यको निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार उनको अन्तिम संस्कार मंगलबार गरिने छ । राजधानीस्थित संगीत तथा नाट्य प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलिका लागि उनको शवलाई राखेर अन्तेष्टि गरिने जानकारी पारिवारिक स्रोतले दिएको छ ।

८१ वर्षीय भक्तराजका दुई छोरा सत्य–स्वरुप आचार्य पनि नेपाली गीतसंगीतका लोकप्रिय गायक हुन् ।

आचार्यको निधनसँगै नेपाली संगीत क्षेत्रले अग्रज पुस्ताका एक दरिलो धरोहरलाई गुमाएको छ । उनी स्वरसम्राट नारायणगोपाल, प्रेमध्वज प्रधानका समकालीन हुन् ।

सम्बन्धित खवर