त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालको पराजित - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालको पराजित

फागुन १५, काठमाडौं । त्रिकोणात्मक अन्तराष्ट्रिय टी ट्वान्टी क्रिकेट सिरिजमा नेपाल पलिो खेलमा नामिबियासँग पराजित भएको छ ।

मंगलबार कीर्तिपुर मैदानमा भएको सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो ।

नामिबियाले प्रस्तुत गरेको २ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल ११ बल बाँकी छदै १ सय ८६ रनमा अलआउट भयो ।

दीपेन्द्र सिंह ऐरीले ४८ रन बनाएको इनिङ्समा कप्तान रोहित पौडेलले ४२ रन, कुशल मल्लले ३२ रनको योगदान गार्दा सोमपाल कामी २६ रनमा आउट भएका थिए ।

यस्तै कुशल भुर्तेल डकआउट हुदां अर्का ओपनर आसिफ शेख ६ रनमा आउट भएका थिए । यसैगरि गुलसन झाले १२ रन, सन्दीप जोराले ५ रन, विवेक यादवले ६ रन बनाउदा अविनाश बोहोरा शुन्य रनमा पोविलियन फर्किए । करन केसी २ रनमा नटआउट रहे ।

नामिबियाका लागि रुबेन ट्रम्पेलमेनले ४ विकेट, बर्नार्ड शोल्ट्ज, जान फ्राइलिन्क र जान निकोनले समान दुई दुई विकेट हात पारेका थिए ।

यसअघि, कीर्तिपुर मैदानमा टस जितेर ब्याटिङ गरेको नामिबियाले ४ विकेटको क्षतीमा २ सय ६ रन बनाएको थियो ।

जान निकोलको शतकीय ईनिङ्समा नामिबियाले नेपालविरुद्ध उच्च स्कोर खडा गरेको थियो । मालन क्रुगरले अविजित ५९ रनको शानदार इनिङ्स खेले । ओपनर माइकल बेन लिन्गन २० रन बनाएर आउट भएका थिए ।

कप्तान रोहित पौडेलले दुई तथा करन केसी र अविनाश बोहराले समान एक एक विकेट लिएका थिए ।

नेपालले सिरिजको दोस्रो खेलमा भोलि बुधबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

यस वर्ष टी ट्वान्टी विश्वकप खेल्न लागेको नेपालले प्रतियोगिताको तयारी स्वरुप टी ट्वान्टी सिरिजको आयोजना गरेको हो ।

सम्बन्धित खवर