वाफ वुमन्स च्याम्पियनसिप : नेपाल फाइनलमा, उपाधिका लागि जोर्डनसँग भिड्ने - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

वाफ वुमन्स च्याम्पियनसिप : नेपाल फाइनलमा, उपाधिका लागि जोर्डनसँग भिड्ने

फागुन १६, काठमाडौं । नेपाल साउदी अरबमा जारी वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको अन्तिम सेमिफाइनलमा लेवनानलाई २–१ गोल अन्तरले हराउँदै नेपाल प्रतियोगिताको उपाधि नजिक पुगेको हो ।

नेपालको जितमा साबित्रा भण्डारी र प्रिती राईले समान एक एक गोल गरिन् । यता लेवनानको लागि भने पुजा रानाले आत्मघाती गोल गरेकि थिइन् ।

पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा शानदार पुनरागमन गर्दै नेपालले जित निकालेको हो ।

खेलको ३८ औं मिनेटमा पुजा रानाले गोलकिपर एन्जिला शुब्बालाई ब्याक पास दिने क्रममा आत्मघाति गोल हुन पुगेको थियो ।

त्यसपछि सावित्रा भण्डारीले नेपालका लागि ७६ औं मिनेटमा बराबरी गोल फर्काईन् । खेलको इन्जुरी समयमा प्रिती राईले डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेपछि नेपाल विजयी बनेको हो ।

नेपालले अब उपाधिका लागि जोर्डनसँग खेल्नेछ ।

सम्बन्धित खवर