त्रिकोणात्मक टी ट्वान्टी सिरिजमा नेदल्याण्ड्ससँग नेपाल पराजित - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

त्रिकोणात्मक टी ट्वान्टी सिरिजमा नेदल्याण्ड्ससँग नेपाल पराजित

फागुन १६, काठमाडौं । नेपाल त्रिकोणात्मक टी ट्वान्टी सिरिजको दोस्रो खेलमा नेदल्याण्ड्ससँग पराजित भएको छ ।

बुधबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको हो । अन्तिम ओभरमा चुक्दा जितको नजिक पुगेको नेपाल पराजित भएको हो ।

अन्तिम ओभरमा नेपालका करन केसी रन आउट भएका थिए भने दीपेन्द्र सिंह ऐरी बोल्ड हुन पुगेका थिए ।

नेदरल्याण्ड्सले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले दीपेन्द्रले ६३ रनको शानदार इनिङ्स खेल्दा कप्तान रोहित पौडेलले ५० रनको योगदान गरे ।

कुशल मल्लले ११ रन र सन्दीप जोराले ८ रन बनाउँदा करन केसीले ११ रन बनाए । कुशल भुर्तेल र सोमपाल कामी शुन्य रनमा आउट हुदाँ गुलसन झा र प्रतिश जिसी शुन्य रनमा अविजित रहे ।

डच टिमका रुलोफ वान डेर मेरवे र साइब्रान्ड एनगेलब्रेक्टले समान दुई तथा आर्यन दत्त, विलियन किंग्मा र टिम वान डेरले समान एक एक विकेट झारेका थिए ।

पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।

नेदरल्याण्ड्सका माइकल लेविटले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा अर्का ओपनर मेक्स ओडाड ४ रनमा आउट भए । साइब्रान्ड एनगेलब्रेक्टले अविजित ४९ रन, कप्तान स्कट एडवर्डस ३३ रन र तेजा निदामानुरुले ३१ रन बनाए ।

नेपालका करन केसी र कुशल मल्लले समान एक एक विकेट लिए ।

सिरिज अन्तर्गत नेपालले आगामी शुक्रबार नामिबियासँग तेस्रो म्याच खेल्नेछ । सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।

आईसीसी विश्वकप लिग टू खेल्न नेपाल आएका नामिबिया र नेदरल्याण्ड्सलाई समावेश गर्दै नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक टी ट्वान्टी सिरिज आयोजना गरेको हो ।

सम्बन्धित खवर