झापा गोल्ड कप : एपिएफ सेमिफाइनलमा प्रवेश - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापा गोल्ड कप : एपिएफ सेमिफाइनलमा प्रवेश

फागुन २१, बिर्तामोड । एपिएफ फुटबल क्लब झापाको बिर्तामोडमा जारि छैटौँ झापा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ ।

सोमबार भएको क्वार्टर फाइनल खेलमा बागमती युथ क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै एपिएफले सेमिफाइनल यात्रा तय गरेको हो ।

एपिएफको जितमा सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदिप कार्की र प्रदिप लामाले गोल गर्न सफल भए । बागमतीका अभि लामा, विमल घिसिङ, र दिवस लिम्बूले गोल गरे भने निर्मल घिसिङ र अनिल राना मगरको प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले विफल बनाएका थिए ।

एपिएफले पहिलो चरणको खेलमा टाइब्रेकरमा संकटा फुटबल क्लबलाई हराउँदै क्वार्टर फाइनल प्रवेश गरेको थियो ।

सि डिभिजनको बागमती युथ क्लबले झापा गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको हो । बाई पाएर क्वार्टर फाइनल खेलेको बागमतीले उत्कृष्ट प्रदर्शन गरे पनि निर्धारित समयमा स्कोर गर्न भने सकेन ।

खेलको निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि नतिजा टाइब्रेकरमा धकेलिएको थियो ।

खेलको प्लेयर अफ द म्याच एपिएफ फुटबल क्लबका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए । उनले ११ हजार रुपैयाँ नगद पुरस्कार पाए । पहिलो चरणको खेलमा पनि श्रेष्ठ नै प्लेयर अफ द म्याच भएका थिए ।

मंगलबारको दोस्रो क्वार्टर फाइनल खेल एनआरटी फुटबल क्लब काठमाडौँ र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुनेछ ।

 

सम्बन्धित खवर