त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि नेदरल्याण्ड्सलाई - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि नेदरल्याण्ड्सलाई

फागुन २२, काठमाडौं । नेदरल्याण्ड्सले त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि चुमेको छ ।

कीर्तिपुर स्थित टियु मैदानमा मंगलबार भएको उपाधि भिडन्तमा नेपाललाई ४ विकेटले हराउँदै नेदरल्याण्ड्सले टी–२० आई सिरिजको उपाधि चुमेको हो ।

नेपालले दिएको १ सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले मात्र ६ विकेट गुमाएर ३ बल अगावै भेटाएको थियो ।

नेदरल्याण्ड्सको जितमा माइकल लेविटले शानदार अर्धशतक प्रहार गरेका थिए । लेविटले २९ बलमा ५४ रन बनाए । यस्तै साइब्रान्ट एन्गेलब्रेक्टले ४८ रनको योगदान गरे । बिक्रमजीत सिंहले २९ र मेक्स ओडाडले २२ रन बनाए ।

नेपालका लागि कुशल मल्लले ४ विकेट लिदा, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोरोले समान एक एक विकेट हात पारे ।

यसअघि टस जिटेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।

ओपनर आसिफ शेखले ४७ रन बनाएको नेपालको इनिङ्समा गुलसन झाले ३४ रन, कुशल मल्लले २६ रन र कप्तान रोहित पौडेलले २५ रन बनाउँदा ओपनर कुशल भुर्तेलले २० रनको योगदान दिए ।

दीपेन्द्र सिंह ऐरी १ रनमा आउट हुदाँ करन केसी ९ र आरिफ शेख शुन्य रनमा पोविलियन फर्किए भने सोमपाल कामी र प्रतिस जिसी समान ६ रनमा अविजित रहे ।

नेदरल्याण्ड्सको जितमा माइकल लेविट, फ्रेड क्लासेन, टिम वान डेर र साइब्रान्ड एनगेलब्रेक्टले समान २–२ विकेट हात पारेका थिए ।

सम्बन्धित खवर