झापा गोल्ड कप : एन्फा मकवानपुरलाई हराउँदै झापा ११ अन्तिम चारमा - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापा गोल्ड कप : एन्फा मकवानपुरलाई हराउँदै झापा ११ अन्तिम चारमा

फागुन २४, बिर्तामोड । बिर्तामोड झापामा जारी छैटौँ संस्करणको झापा गोल्ड कपमा आयोजक टिम झापा ११ फुटबल क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिहीबार भएको खेलमा पाहुना टोली एन्फा मकवानपुरलाई ५–१ गोलले हराउँदै झापा ११ ले अन्तिम चारमा स्थान बनाएको हो ।

झापाको जितमा आदित्य शाक्य, प्रदिप बुढाथोकी, बबिन बोहरा, आशिष चापागाईं र विदेशी खेलाडी मार्क जुयिनर ह्यारिसनले समान एकएक गोल गरे । मकवानपुरको लागि ओस्कारले सान्त्वना एक गोल फर्काएका हुन् ।

आजको खेलको प्लेयर अफ द म्याच विजेता टिम झापाका पहिलो गोलकर्ता आदित्य शाक्य भए । उनले नगद ११ हजार रुपैंयाँ पुरस्कार पाए ।

यो खेलसँगै सेमिफाइनल समीरकण पूरा भएको छ । विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ एफसी, चर्च ब्वाइज र झापा ११ अन्तिम चारमा पुगेका छन् ।

पहिलो सेमिफाइनलमा एपिएफ र आर्मी शुक्रबार प्रतिस्पर्धा गर्नेछन् । शनिबार हुने दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज र झापा भिड्नेछन् ।

यसअघि पाँच संस्करण आयोजना हुँदा आर्मीले चारपटक उपाधि जितिसकेको छ । मनाङ मस्र्याङ्दी क्लब एकपटकको विजेता हो ।

प्रतियोगिताको विजेताले १३ लाख रुपैयाँ नगद र आकर्षक ट्रफी पाउनेछ । उपविजेताले ७ लाख रुपैयाँमा चित्त बुझाउनेछ । फागुन १९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ ।

सम्बन्धित खवर