फागुन २५, बिर्तामोड । बिभागीय टिम एपीएफ फुटबल क्लव बिर्तामोड झापामा जारी छैटौँ संस्करणको झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा डिफेन्डीङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लवलाई १–० गोल अन्तरले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो ।
एपीएफले खेलको ७० औँ मिनेटमा उपहार गोल पायो । आजको खेलको प्लेयर अफ द म्याच विजेता टिम एपीएफका फोडे फोफोना भए । उनले नगद ११ हजार रुपैंयाँ पुरस्कार पाए ।
यसैगरि नारी दिवसको अवसरमा आज आयोजकले महिलाले निःशुल्क खेल हेर्न पाउने व्यवस्था गरेको थियो ।
भोली शनिबार हुने दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज र झापा ११ भिड्नेछन् ।
प्रतियोगिताको विजेताले १३ लाख रुपैयाँ नगद र आकर्षक ट्रफी पाउनेछ । उपविजेताले ७ लाख रुपैयाँमा चित्त बुझाउनेछ ।
फागुन १९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ ।