झापा गोल्ड कप : झापा ११ लाई हराउँदै चर्च ब्वाइज फाइनलमा - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापा गोल्ड कप : झापा ११ लाई हराउँदै चर्च ब्वाइज फाइनलमा

फागुन २६, बिर्तामोड । चर्च ब्वाइज युनाइटेड क्लब बिर्तामोड झापामा जारी छैटौँ संस्करणको झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा आयोजक झापा–११ फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो ।

निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो ।

अब चर्च ब्वाइजले उपाधिका लागि आउँदो सोमवार हुने फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग खेल्नेछ ।

प्रतियोगिताको विजेताले १३ लाख रुपैयाँ नगद र आकर्षक ट्रफी पाउनेछ । उपविजेताले ७ लाख रुपैयाँमा चित्त बुझाउनेछ ।

सम्बन्धित खवर