साफ यू–१६ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशलाई - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ यू–१६ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

फागुन २७, काठमाडौं । बंगलादेशले साफ यू–१६ वुमन्स च्याम्पियनसिपको उपाधि कब्जा गरेको छ ।

ललितपुरस्थित एन्फा कम्प्लेम्समा आईतबार भएको उपाधि भिडन्तमा भारतलाई टाईब्रेकरमा ३–२ गोल अन्तरले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो ।

खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा धकेलिएको थियो ।

खेलमा अग्रता भारतले चौथों मिनेटमा अनुष्का कुमारीको गोलमा लिएको थियो । तर, खेलको ७० औं मिनेटमा कर्नरबाट आएको बलमा मरिम हन्नाले गोल गर्दै बंगलादेशलाई खेलमा फर्काएकी थिईन् ।

बंगलादेशकी किपर इयरजान बेगमले पेनाल्टी सुटआउटमा उत्कृष्ट प्रर्दशन गर्दै बंगलादेशलाई उपाधि जिताउन सफल भएकी हुन् ।

सम्बन्धित खवर